Comments Add Comment

Advertisment

SKIP THIS

वीरगञ्जको बाल सुधार गृहमा बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरे

पर्सा । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव सृजना भएको छ ।

सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र त्यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलबार बेलुकी विवाद बढ्दा तनाव उत्पन्न भएको हो ।

विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी कोमल शाहको नेतृत्वमा प्रहरी पुगेको थियो ।

तनाव साम्य पार्न प्रहरीले बाहिरबाट हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको थियो । यस क्रममा ११ बाल कैदीबन्दी सामान्य घाइते भएको उनले बताए। वीरगञ्जस्थित नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै