Comments Add Comment

Advertisment

SKIP THIS

तीजको दिन रुपन्देहीको सैनामैनामा दुई पुरुषको शव फेला

१ असोज , काठमाडौ । रुपन्देहीको सैनामैना-७ हरियालीटोलमा दुईजना पुरुषको शव फेला परेको छ । सोही ठाउँ बस्ने अन्दाजी ५०/५५ वर्षका नाथु चौधरी र पल्टु चौधरीको मृत अवस्थामा एकजना रिङरोड र अर्का खेतमा फेला परेका हुन् ।

आज बिहान घरबाट संगै निस्केका दुई चौधरीको एकैसाथ कसरी मृत्यु भयो त्यो रहस्यको विषय बनेको छ । घटनाको प्रारम्भिक रुपमा रुपन्देही प्रहरीले अनुसन्धान थालेको छ ।

मृत्यु हुने दुवै मजदुर हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीले शवको पोस्टमार्टम गरेर घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment

छुटाउनुभयो कि? सबै

दाङमा ६५ वर्षीया महिलाको शव फेला

वीरगञ्जमा बालिकाको शव फेला

एक युवकको शव फेला