Comments Add Comment

Advertisment

SKIP THIS

नयाँबजारबाट चोरी भएको स्कुटर ७ दिनपछि फेला, नम्बर प्लेट फेरेर चलाउदै गर्दा पक्राउ

काठमाडौं । दसैं सुरु भएसँगै काठमाडौंमा चोरीका घटना बढेका छन्। दिउँसोको समयमा नै पार्किङ गरेर राखिएका सवारी साधन समेत हराउने गरेका छन्।

असोज २५ गते काठमाडौंको नयाँबजार पिपुल्स हस्पिटल नजिकै पार्किङ गरेको एउटा स्कुटर हराएको थियो। दोलखा मेलुङ गाउँपालिका घर भएका रोजन नगरकोटीले दिउँसो १ बजेतिर बागमती प्रदेश ०२,०४१ प ०३७९ नम्बरको रातो रंगको स्कुटर हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

उनले निवेदन दिएको ७ दिनपछि प्रहरीले चोरी भएको स्कुटर फेला पारेको छ।

खोजी गर्दै जाँदा बिहीबार दिउँसो ३ बजेतिर काठमाण्डौंको जोरपाटीमा स्कुटर फेला परेको हो। दोलखा गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय रत्न बहादुर तामाङले गुडाइरहेको अवस्थामा स्कुटर प्रहरीले फेला पारेको हो।

तामाङले नम्बर प्लेट परिवर्तन गरेर बागमती प्रदेश ०२,०४४ प ०३८१ नम्बर लगाई गुडाइरहेका थिए। प्रहरी तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै