Comments Add Comment

Advertisment

SKIP THIS

५ करोड बराबरको धनमाल लुटी फरार रहेको व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल

काठमाडाैं । २०७९ कात्तिक २८ गते काठमाण्डौं महानगरपालिका वडा नं. ३ बसुन्धारास्थित बंगलादेश राजदूतावास पछाडि मधुर बिक्रम खनालको घरमा ११/१२ जनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले निज मधुर बिक्रम खनालकी श्रीमती नन्दा मल्ल लगायतका घरमा भएका अन्य मानिसहरुलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाईते बनाई लुटेका थिए ।


डाँकाहरूले घरमा रहेको नगद, सुन तथा हिराका बहुमूल्य गरगहना तथा नगद रू.५ करोड बराबरको धनमाल लुटी फरार भएका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरी सफल भएकाे थियाे ।

प्रहरीले खोजतलास गर्ने क्रममा १० जनालाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतको २०७९ पुस १ गतेको आदेशले १० जना प्रतिवादीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको थियाे ।

डाँकाहरू मध्ये फरार रहेका जिल्ला कालिकोट महावै गा.पा. ४ घर भई हाल काठमाडौंको नागार्जुन १० स्थित स्यूचाटर बस्ने वर्ष २३ को यवराज शाहीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएकाे छ । थप प्रतिवादीहरुको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडाैंले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै