Comments Add Comment

Advertisment

SKIP THIS

२८ वर्ष पुग्दा पनि मदन भण्डारीको वास्तविकता लुक्यो ; दासढुंगा घटना

३ जेठ काठमाडौ । नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेकपा एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । मदन–आश्रितलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली बुल्खुस्थित पार्टी मुख्यालय जाँदैछन् ।

एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले बिहान साढे सात बजे प्रधामन्त्री ओली बुल्खु पुगेर श्रद्धाञ्जली मदन–आश्रिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन ।

भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए।

छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो।

‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै