Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौं– चितुवाको छालासहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोट ककनी गाउँपालिका–३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना, नुवाकोटकै बेलकोटगढी नगरपालिका–२ घर भएका ४९ वर्षीय रामबहादुर लामा र सोही ठाउँका ५९ वर्षीय पदमबहादुर तामाङ छन्।

संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै