Comments Add Comment

Advertisment

SKIP THIS

गायक चक्र बम र सुलेमान शंकरसहित ९ जना कलाकार जुवा खालबाट पक्राउ

काठमाडौं । गत शनिबार नौ जना कलाकार जुवाखालमा पक्राउ परेको खुलेको छ । उनीहरूलाई थुनामा राखी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो । बिष्ट नृत्य निर्देशकका साथै कलाकार पनि हुन् । उनले नै जुवा खेलाएको प्रहरी स्रोत बताउँछ ।

जुवाखालबाट पक्राउ पर्नेहरुमा सुलेमान शंकर, शंकर आचार्य, सुरेन्द्र साउद, नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन् । खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको छ । त्यहाँ नियमित रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा छापा हानिएको प्रहरीले जनाएको छ ।

कलाकारहरू पक्राउ परेको विषयलाई प्रहरीले गोप्य नै राखेको छ । पक्राउ परेकाहरूले छिटो मुद्दा बुझाइदिन हारगुहार गरेका छन् । विभिन्न व्यक्तिमार्फत प्रहरीलाई दबाब समेत दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै