Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेको पाँचखालमा विद्युत् सर्ट भई आगलागी ४ वटा कपडा पसल जलेर नष्ट

काभ्रे । काभ्रेमा विद्युत् सर्ट भई आगलागी हुँदा ४ वटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा अन्य ५ वटा पसलमा क्षति पुगेको छ ।

शुक्रबार बिहान ६ः१५ बजेको समयमा पाँचखाल-४ समाज कल्याण चोक स्थित उद्धव प्रसाद तिमलसिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा सोही घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ३ वटा होटेल एक मोबाइल पसल र एक मासु पसलमा आंशिक क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी, एपिएफ, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण यकिन भई नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै