दाङ । दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दाङको ग्वारखोलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यस्तै, अर्को मोटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।







