Comments Add Comment

Advertisment

SKIP THIS

पार्टी प्यालेसमा सुतिसकेका महिलालाई बाहिर निकालेको भिडिओबारे के भन्छन् युवा संघका अध्यक्ष

६ मंसिर , काठमाडौ । सामाजिक सञ्जालमा मंगलवार रातिदेखि भाइरल भइरहेको भिडिओका कारण एमाले र युवा संघको आलोचना भइरहेको छ ।

भिडिओमा पार्टी प्यालेसजस्तो देखिने ठाउँमा बसेका महिलासहितलाई बाहिर निकालिएको छ । मंसिर ७ गते दुर्गा प्रसाईँको कार्यक्रममा आएका मान्छेहरूलाई बाहिर निकालिएको आवाज सुनिने सो भिडिओमा सुतिसकेका महिलाहरूलाई उठाएर बाहिर पठाइएको छ । यो अमानवीय कार्य गरेको भन्दै सामाजिक सञ्जालमा युवा संघको आलोचना भएको छ ।

भिडिओ कहाँ खिचिएको हो भन्ने अझै प्रष्ट खुलेको छैन । प्रहरी स्रोतले मनोहरा खोला नजिक एक पार्टी प्यालेसमा भएको भने पनि यसको आधिकारिकता नभएको जनाएको छ । घटना भने मंगलवार राति भएको थियो, जुन भिडिओ एक जनाले लाइभ नै खिचेका थिए । घटनामा युवा संघकै कार्यकर्ता संलग्न रहेको प्रसाईँ पक्षले जनाएको छ ।

युवा संघ यस्तो अमानवीय हर्कत गरेर राता मण्डलेमा परिणत भएको हो रु नेपाल प्रेसको यो प्रश्नमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भने सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उनले भिडिओको वास्तविकता बुझ्ने काम भइरहेको भन्दै प्रहरीसँग पनि सहयोग मागिएको बताए ।

थेबेले भने- युवा संघले संस्थागत रूपमा त्यस्तो अमानवीय काम गर्दैन र गर्ने निर्देशन पनि छैन । कतै कसैले व्यक्तिगतरुपमा गरेको हो वा स्थानीयले गरेका हुन् यसबारे पनि हामीले बुझ्न खोजिरहेका छौँ । शान्तिपूर्ण विरोध प्रदर्शनबाहेक हाम्रो अरू कुनै नीति छैन, नीतिविपरीत कसैले त्यस्तो गरेको पुष्टि भएमा सह्य हुँदैन ।

प्रसाईँको कार्यक्रममा सहभागीहरू विभिन्न ठाउँमा काठमाडौं आएर होटल तथा पार्टी प्यालेसहरुमा समेत राखिएका छन् । मंसिर ७ गते युवा संघले तीनकुने र दुर्गा प्रसाईँ नेतृत्वको मातृभूमि बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्दैछन् ।

https://www.facebook.com/permalink.php?story_fbid=pfbid0Dy4Vb3gcQYi8z8bnPQHBbvzSVd1Z3GTwyy3U9xyGtzZMNU6NPX6rt4uHqBAKiSFol&id=100004489666262&mibextid=YxdKMJ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै