Comments Add Comment

Advertisment

SKIP THIS

सर्वसाधारणलाई मध्यरातमा उठाउन जाने युवा संघका सचिवालय सदस्य विनोद राई!

६ मंसिर , काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’मा सहभागी हुन आएका समर्थकलाई खेद्न युवा संघका सचिवालय सदस्य विनोद राईलाई कसले पार्टी प्यालेस पठायो भन्ने खोजी शुरु भएको छ।

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ। प्रसाईंले नेतृत्व गरेको कार्यक्रममा भाग लिन इटहरीदेखि काठमाडौँ आएका नागरिकलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको आरोप लागेपछि भिडियोमा देखिएका व्यक्ति युवा संघका सचिवालय सदस्य राई भएको युवा संघकै एक नेताले बताए।

‘स्वंयसेवक भेलापछि हामी अर्को अर्को कार्यक्रम तयारी लागेका थियौ, पार्टी प्यालेस जाने र मान्छेहरुलाई त्यसरी दुर्व्यवहार गर्ने नीति र निर्देशन केही थिएन तर हाम्रै साथीहरु देखिए उनीहरु कसरी त्यहाँ पुगे मैले केही बुझिन’, नागरिकको सम्पर्कमा आएका युवा संघका एक नेताले भने। उनका अनुसार विनोद राई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका थिए।

रमेश पौडेलले उनलाई प्रवेश गराएका हुन्। भिडियोमा पार्टी प्यालेसमा अधिकांश महिलाहरू देखिएका छन्। उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर १ तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ।

महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस’ भन्दै गरेको देखिन्छ। तर युवा संघले भने यसलाई ठाडै अस्वीकार गरेको छ। संघका अध्यक्ष क्षितिज थेवले यसलाई अस्वीकार गरेका छन्।

‘हामी अमनावीय काममा लाग्दैनौ, समाजिक सदभावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्दैशन दिएको पनि छैन दिदा पनि दिदैनौ, हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौ, त्यसपछिसाथीहरु आफ्नो स्थानमा जानुभएको छ। अहिले प्रहरीले भनेपछि यो घट्ना थाह पाए, यस्तो अमानवीय हर्कतमा युवा संघका कार्यकर्ता भेटिए प्रहरीलाई बुुझाउने छौ’, उनले नागरिकसँग भने। तर अब उनै राइलाई उनले प्रहरीलाई बुझाउछन त भन्ने प्रश्न उठेको छ। उनलाई कसले त्यहाँ पठायो भन्ने बारेमा युवा संघ र पार्टीले छानवीन गरिरहेको स्रोतको दावी छ।

भिडियोमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको प्रस्ट सुनिन्छ। भिडियोमा आफूलाई युवा संघको बताउने राइले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन। देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ। यो भिडियोलाई लिएर एमालेको सर्वत्र विरोध भएको छ। युवा संघले यो विषयमा तत्कालै प्रेश विज्ञप्ति जारी गर्ने जनाएको थियो तर अहिलेसम्म विज्ञप्ति जारी गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment