Comments Add Comment

Advertisment

SKIP THIS

बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जना पक्राउ

०६ फाल्गुन , काठमाडौं । झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गौरादह न.पा.२ का ३८ बर्षीय सुमन कुमार कार्की (योजनाकार),झापा कन्काई न.पा.३ का ४१ बर्षीय भिष्म थापा, दमक न.पा.९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई न.पा.४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी न.पा.१ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम, संखुवासभा खाँदवारी न.पा.१० घर भई हाल सुन्दरहरैचा-६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरिगञ्ज गा.पा.३ का ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह न.पा.५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गा.पा.३ का ४५ बर्षीय बिजय कुमार दास हलुवाई रहेका छन ।

झापाको विर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा मिति २०७८ साल माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको र दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु मिति २०७८ साल माघ १३ गते फेला परेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (RIT), जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीद्धारा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवायल फोन समेत बरामद भएको हो ।

पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment