काठमाडाैं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडाैं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ

२६ साउन ,काठमाडौ । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो ।

एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ