Comments Add Comment

Advertisment

SKIP THIS

एसिड प्रहार गरेको आरोपमा वीरगंजका दुई जना पक्राउ

१२ चैत , काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।

घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ । सो अस्पतालबाट उनलाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पीडितले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् । दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै