२१ माघ, काठमाडौं । कपिलवस्तुको यसोधरा गाउँपालिका-८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रहिसुनकै श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाट रहेका छन् ।
उनीहरुले रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


