Comments Add Comment

गीतकार विदुर तिमिल्सिनाको “राजाको हात्ती“ बोलको गीत सार्वजानिक

१९ असोज , काठमाडौ । बैंकरसमेत रहेका गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् ।

आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । उनले खाडीका नेपालीहरुको अनुभवलाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् ।

गीतमा सर्जक तथा गायक दिनेश गौतम र भारतीय गायिका अनु सिंहको स्वर रहेको छ । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् । गीतलाई भिडियोले पनि न्याय गरेको छ ।

​भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा मुकुन भुसाल र सृष्टि खड्काले अभिनय गरेका छन्। यस्तै अभिनयमा कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।

नेपाल बैँकमा अधिकृत रुपमा आफ्नो करियर अघि बढाएका उनले राजाको हात्तीलाई दर्शक श्रोताले मन पराइदिने विश्वास लिए ।

https://youtu.be/Tjl7uQzNjQE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै