बैशाख १७, काठमाडौ । तारकेश्वर नगरपालिकाको वडा नं १ मा व्यवसायी दर्ता र नबिकरण साथै बजार अनुगमन भईरहेको छ । तारकेश्वर नगरपालिकाको निणर्य अनुसार प्रत्येक वडा-वडामा व्यवसायिक दर्ता तथा बजार अनुगमन सुरु भए सङ्गै वडा न-१ आज बाट सुरु गरिएको छ ।

तारकेस्वर नगरपालिका वडा नम्बर १ मा रहेर व्यवसायिक दर्ता तथा बजार अनुगमनमा सोही वडाको सचिब शर्मिला , वडा अध्यक्ष बिदुर सापकोटा ,नगर प्रहरी सहित पत्रकारको उपस्थितिमा अनुगमन भएको थियो ।

आज करिब १५ वटा व्यवसायिक पसलहरु लगायत अन्यमा अनुगमन गदै जादा करिब ९५% ले दर्ता बिना नै चलाईएको पाईएको छ । अब चाडै दर्तामा आउन यसै वडाका प्रमुख बिदुर सापकोटाले आदेश समेत दिनुभएको छ ।



