Comments Add Comment

Advertisment

SKIP THIS

बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२८ जेठ काठमाडौं । लालबन्दी नगरपालिका-१७ बस्ने ४५ वर्षीय अशोक बिकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय रबि बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका-११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा तरकारी खेती गर्ने क्रममा बाँस ओसार्ने क्रममा विवाद हुँदा रबि बिकले उनकै मामा अशोक बिकलाई बाँसको लाठी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै