Comments Add Comment

नग्न अवस्थामा एक पुरुषको शव फेला

१७ बैशाख , काठमाडौं । मोरङको उर्लाबारी-५ स्थित एन.के. प्लाजा पछाडिको नयाँ बन्दै गरेको भवनको सेप्टी ट्याङ्की भित्र खाँदिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गनाइरहेको अवस्थामा फेला परेको सो शव उर्लाबारी-७ बरगाछिका अन्दाजी ४० वर्षिया ज्ञाने दर्जीको नग्न अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्जी उर्लाबारी-५ स्थित एनएमबी बैङ्क पछाडिको गोदाम जस्तो घरमा साथीहरूसँग बस्दै आएका र विगत ५ दिनदेखि बेपत्ता भएको खुलेको छ।

शङ्कास्पद रूपमा शव फेला परेपछि प्रहरीले थप अनुसन्धानका लागि उर्लाबारी–३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टम लागि लैजाने तयारी गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला

धोबी खोलामा एक पुरुषको शव फेला

इनारमा एक पुरुषको शव फेला