बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घरका सञ्चालक नविनलाई प्रहरीले बालाजुबाट पक्राउ -
Comments Add Comment

बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घरका सञ्चालक नविनलाई प्रहरीले बालाजुबाट पक्राउ

काठमाडौँ । नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने लाफा खाजा घरका सञ्चालक नविन कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ६ घर भई काठमाडौँको बालाजु बस्ने मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए । खाजा घरमा बालिकाहरूलाई विभिन्न किसिमको डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।

वर्ष १३ की नाबालिका परिवर्तित नाम २६ बबरमहल (२७७) लाई वेश्यावृत्तिमा लगाउने प्रयोजनको लागि गत फागुन महिनादेखि उक्त खाजा घरमा डर त्रासमा पारी राखेको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए ।

पीडित नाबालिकाले दिएको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन (५) को म्याद थप अनुमति लिई मगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै