१८ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बोलाएको हो । सत्ता फेरबदलको तयारीपछि अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको रास्वपाको एक सांसदले बताए ।

रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेको छ ।