Comments Add Comment

Advertisment

SKIP THIS

सेनाका कर्नेल र डाक्टरको घरमा चोरी गरेको आरोपमा ललितपुर प्रहरीले पाँच जनालाई पक्राउ

काठमाडौं: ललितपुरमा नेपाली सेनाका एक जना कर्नेल र डाक्टरको घरमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैंसेपाटीमा डा.फाहद आलम र वडा नम्बर १८ भैंसेपाटी बस्ने नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहलेका अनुसार डाक्टर आलमको घरमा चोरी गर्ने चार जना र कर्नेलको घरमा एक जनाले चोरी गरेको हो।

पक्राउ पर्नेमा ललितपुर-१८ विनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, २० वर्षीय राजु भोलान र ३९ वर्षीय उमेश श्रेष्ठ छन्। रोक्‍का र भोलान यसमा मुख्य अभियुक्तका रूपमा छन्।

उनीहरूले डा. आलमको घरबाट ल्यापटप, ४८१५ अमेरिकी डलर, ४२ हजार रुपैयाँ, सुन तथा चाँदीका घरगहना, चकलेट, लगायत सामान चोरेका थिए। घरमा कोही नभएको अवस्थामा उनीहरू घरभित्र प्रवेश गरी चोरी गरेका थिए। उनीहरूले कात्तिक १२ गते चोरी गरेका थिए।

यस्तै, कर्नेल कामेश्वर यादवको घरमा मंसिर ४ गते चोरी भएको थियो।

उनको घरबाट ५५०० अमेरिकी डलर, दुई लाख भारतीय नगद, दुई लाख नेपाली नगद, सुन तथा चाँदीका घरगहना चोरी भएको थियो। उनको घरमा चोरी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका-२२ बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै