Comments Add Comment

आफ्नै श्रीमतीको हत्या गरेका आरोपमा श्रीमान हरि नेपालीलाई प्रहरीले पक्राउ

बाग्लुङ । बाग्लुङमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ५० वर्षीया सितली शाहीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि धौलागिरि अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै