Comments Add Comment

Advertisment

SKIP THIS

इजाजत प्राप्‍त हतियार नै चोरी गरेको आरोपमा कालिमाटीबाट प्रहरीले तीन जनालाई पक्राउ

काठमाडौं । काठमाडौंमा इजाजत प्राप्‍त हतियार नै चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीले तीन जनालाई हतियार चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी घर काठमाडौं महानगरपालिका १४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रे घर भई ललितपुरको इमाडोल बस्ने २७ वर्षीया काजलकुमारी भुजेल रहेका छन् ।

उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने ७४ वर्षीया पुष्पा जोशीको घरबाट हतियारहरू चोरी गरेको आरोप छ ।

इजाजत पत्रसहित दुई नाले ४१० बोरको बन्दुक एउटा, २२ बोरको राइफल एउटा गरी दुई वटा बन्दुक डाँका-चोरी भएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै