Comments Add Comment

Advertisment

SKIP THIS

जडिबुटीबाट ३७ लाख बराबरको धनमाल चोरी गर्ने विक्रम नेपालीलाई प्रहरीले पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको जडिबुटीबाट चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक तिमाल ७ स्थायी घर भई हाल पेप्सीकोला बस्ने २० वर्षीय विक्रम नेपालीलाई पक्राउ गरेको हो ।

नेपालीले गत कार्तिक २४ गते दिउँसो भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका-२ स्थित युवराज अधिकारीको घरबाट सुन, हिराका गरगहना, मोबाइल र नगदसहित अन्दाजी ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

नेपालीले चोरी गरेका सुन र गरगहना बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत ठिमी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै