Comments Add Comment

Advertisment

SKIP THIS

माल्टा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने जुम्लाका धर्मेन्द्र काठमाडौंको डल्लुबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाइदिन्छु भनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका-५ घर भई हाल काठमाडौं-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्।

शाहीले सोम्बार तामाङसहित २ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भनेर ७ लाख ५ हजार रुपैयाँ लिएर फरार भएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जावलाखेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।

माल्टा जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने भनेर उनले पीडितबाट पटक पटक गरेर सात लाख बढी रकम लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै