Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट एकजनालाई पेस्तोलसहित पक्राउ

काठमाडौं: सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ। सियारी गाउँपालिका वडा नं. २, च्याङ्था इलाकाबाट स्थानीय बर्ष ४१ को अमेरिका थारु भनिने अजय थारू पक्राउ परेका हुन्।

सशस्त्रको सुरक्षा बेश अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा आईतबार राति पौने ११ बजेतिर थारुलाई पेस्तोलसहित पक्राउ गरेको हो।

थारुको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्वर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

पक्राउ परेका थारुलाई आवश्यक कारवाहीको लागि आईतबार राति नै इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै