Comments Add Comment

Advertisment

SKIP THIS

बाराबाट प्रहरीले ९ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ । बाराको जितपुर सिमरा उप महानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।

बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए । आरोपीहरू बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनीहरूको साथबाट प्रहरीले साढे ४ किलो दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको हो । आरोपीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै