Comments Add Comment

ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराएर यौनजन्य कार्यमा लगाउनेलाई प्रहरीले पक्राउ

काठमाडौं– ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराएर यौनजन्य कार्यमा लगाउनेलाई मानव बेचबिखन ब्युरोको टोलिले पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको मानव बेचबिखन ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सुमन तामाङ रहेका छन्। उनका साथमा प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका नावालिकाहरुलाई उद्धारसमेत गरेको छ।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई फकाएर होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको एसएसपी जीवनकुमार श्रेष्ठले बताए ।

यस्तै बालिकाहरुलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएबापत ग्राहकहरुबाट प्रति व्यक्ति नेपाली रुपैयाँ पाँच हजारदेखि ७ हजारसम्म लिने गरेकोसमेत पाइएको छ।

बालिकाहरुलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाउने र रेट निर्धारण गरी यौनजन्य क्रियाकलापका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

यस्तै होटल/गेष्ट हाउसहरुमा ग्राहकहरु ल्याउनको लागि एजेन्टसमेत नियुक्त गरी नयाँबसपार्क एरियाको (सडक/बाटोमा) परिचालन गरी उनीहरुले ग्राहक ल्याए बापत प्रतिव्यक्ति दुई सयदेखि एक हजारसम्म कमिशनसमेत लिने गरेको अनुसन्धानका क्रममा पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै