Comments Add Comment

Advertisment

SKIP THIS

चोरी र डाँका मुद्दामा फरार ३ जना प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ

काठमाडौँ । चोरी र डाँका मुद्दामा फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचिनगर घर भएका २० वर्षीय भरत राजवंशी उर्फ कमल, २९ वर्षीय प्रकाश राजवंशी र ३२ वर्षीय मनिक राजवंशी छन् ।

झापा जिल्ला अदालतले कमलविरुद्ध चोरी मुद्दामा १ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको छ । गत जेठ ३१ मा फैसला भएसँगै उनी फरार थिए ।

प्रकाश राजवंशीलाई अदालतले १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको छ । मनिक राजवंशी विरुद्ध अदालतले १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको छ । २०७९ फागुन १० मा फैसला भएसँगै प्रकाश र मनिक पनि फरार थिए ।

प्रतिवादीहरुलाई अदालतको आदेशले जिल्ला कारागार झापामा थुना पठाइएको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै