Comments Add Comment

Advertisment

SKIP THIS

भिजिट भिसा मार्फत विदेश पठाई मानव तस्करी गर्ने ट्राभल्सका संचालक कार्की पक्राउ

काठमाडौं: भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने अर्का एक ट्राभल्स संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोलमा सिटि टुर्स एण्ड ट्राभल्सका संचालन गर्ने बिनोद कार्की छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्खुबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजात सहित गत असोज १७ देखि हालसम्म १५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।

जसमध्ये २४६ कागजातमा प्लस्टुको नक्कली सर्टिफिकेट भएको पाइएको छ । यस्तै श्रम स्वीकृती , नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट पनि नक्कली देखिएको छ । उक्त कागजातहरु बनाउने ब्यक्तिहरुको पहिचान गर्ने क्रममा एजेन्ट , कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको उनले बताए ।

सोही कार्यक्रममा कार्की संलग्न पाइएपछि उनलाई बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु पठाइएको रेग्मीले जानकारी दिए । यो प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै