Comments Add Comment

Advertisment

SKIP THIS

गौशालाबाट दुई वर्षीया बालिकालाई अपहरण गर्ने एक जनालाई भक्तपुरमा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई वर्षीया बालिकालाई अपहरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । बालिका काठमाडौंको गौशालाबाट अपहरणमा परेकी थिईन् ।

उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठडमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै