Comments Add Comment

Advertisment

SKIP THIS

बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

सर्लाही । सर्लाहीको बागमतीमा एक युवतीलाई सामूहिक करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

बागमती नगरपालिका-४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार बलात्कारमा परेकी युवती अविवाहित हुन् ।

पक्राउ पर्नेमा सुकुम्बासी बस्तीका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, सोही ठाउँका ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली छन् ।

यही पुस १० गते राति करिब ११ बजे उनीहरुले बोल्न नसक्ने ती युवतीलाई रक्सी खुवाएर नजिकैको रहरीबारीमा लगेर सामूहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको छ ।

पीडित महिलाको प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षण गरिएको छ। उनको अवस्था सामान्य छ। आरोपी तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै