Comments Add Comment

Advertisment

SKIP THIS

नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका थप दुई जना ट्राभल्स संचालकलाई प्रहरीले पक्राउ

काठमाडौं । नेपालीलाई रुसी सेनामा पठाउने गिरोहका थप दुई जना ट्राभल्स संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अलास्का ट्राभल्स संचालक अर्जुन सुनार र शेर बहादुर राई रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापा गाउँबाट पक्राउ गरेको हो । ट्राभल्स संचालकहरुले होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगे पश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए ।

तर, कार्कीले आफू आर्मीको लागि नआएको बताएनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए । त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको छ।

अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै