Comments Add Comment

ललितपुर प्रहरी परिसर प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाए

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाएका छन् ।

गृहमन्त्री स्तरीय निर्णयले शुक्रवार ललितपुर प्रहरी प्रमुखमा एसएसपी खनालको काज सरुवा भएको हो। नम्र स्वभावका एसएसपी खनाल नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन्। एसपी हुँदा धनुषा र गोरखाको सफल कमान्ड गरेका थिए।

गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो ।

खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । खनाल इमान्दार अफिसरका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै