Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३, जामिरगाडाबाट सोही नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढासहित ६ जना शनिबार साँझ पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुबाट नगद एक लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै