Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी शेखर खनालले सम्हाले ललितपुर प्रहरी प्रमुखको कमाण्ड

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयबाट ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्। आज (आइतबार ) जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी खनाललाई सलामीसहित बिशेष स्वागत गरेको छ।

केही दिनअघि गृह मन्त्रालयले खनाललाई ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी खनालले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय गोरखामा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। डीएसपी हुँदा प्रहरी वृत्त कालिमाटीको नेतृत्व गरिसकेका छन्।

नेपाल प्रहरीमा निडर र ब्यबसायिक प्रहरी अधिकृतको परिचय बनाएका एसएसपी शेखर खनाल ललितपुर जिल्लाको सुरक्षा कमाण्ड सम्हालेपछि ललितपुर पुलिसिङमा ब्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै