काठमाडौँ । झापामा विभिन्न मुद्दामा फरार दुई प्रतिवादी पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका पाँचथर घर भई हाल जिल्लाको बुद्धशान्ति गाउँपालिका २ बस्ने सुमन रणपहेली र दमक नगरपालिका ३१ बस्ने देउकुमार सुब्बालाई बुधवार जिल्ला कारागार झापा पठाइएको हो ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढी उपस्थित गराएर उनीहरुलाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । सुब्बालाई २०८० साल वैशाख १६ गते वन पैदावर हानी नोक्सानी मुद्दामा १५ दिन कैद र ७ हजार ८ सय ५ रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो ।
सो फैसलालगत्तै फरार रहेका उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै रणपहेलीमाथि चोरी मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तथा पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै फरार रहेका उनी र्दु वर्षपछि पक्राउ परेका हुन् ।