७ लाखलाई दश मिनेटमा डबल बनाउँछु भन्दै हिँडेका लामा त्यसपछि फर्किएनन्… -
Comments Add Comment

७ लाखलाई दश मिनेटमा डबल बनाउँछु भन्दै हिँडेका लामा त्यसपछि फर्किएनन्…

२७ पुष ,काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न २६ वर्षीय कुमार लामालाई बुधबार पक्राउ गरेको छ ।

लामाले १० मिनेटमा रकम डबल बनाइदिने भन्दै सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वलीबाट ७ लाख नगद ठगी बेपत्ता भएका थिए ।

वलीले आफू लामाबाट ठगिएको भनि प्रहरीमा उजुरी दिएपछि खोजी गर्ने क्रममा उनलाई उपत्यकाबाटै काठमाडौ परिसरको टोलीले पक्राउ गरेको हो ।

के थियो घटना ?

घटना गत पुस १६ गतेको हो । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए ।

उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर ९५ बस्ने सुरेन्द्र वली थिए । प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई तीनै लामाले भेटे ।

सडकमा घुमिरहेका बेला वलीलाई नै लामाले ‘मुर्गा’ बनाउने योजना बनाए । लामाले वलीलाई बोलाएर नक्कली पैसाको भिडियो देखाइदिए ।

तुरुन्तै सात लाख रुपैयाँ दिए १० मिनेटमा दोब्बर बनाएर ल्याउँछु भने । जसै वली लोभिइहाले । ‘१० मिनेट कुर म यसको दोब्बर बनाएर ल्याउँछु भनेका लामा त्यसपछि भने फर्केनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० कुमोध ढुंगेलले त्यसपछि वली प्रहरीकहाँ आएको जानकारी दिए ।

वलीको जाहेरीपछि प्रहरी लामाको खोजीमा जुट्यो । यसक्रममा परिसरको टोलीले लामालाई बुधबार स्वयम्भूबाट पक्राउ गरेको एसपी ढुंगेलले बताए ।

लामाको साथबाट ६० हजार रुपैयाँ र एक थान मोबाइल बरामद समेत भएको छ । उनलाई हिरासतमा राखेर ठगीको अन्य घटनाबारे अनुसन्धान थालिएको एसपी ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै