डिआईजी कुबेर कडायतले सम्हाले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी -
Comments Add Comment

डिआईजी कुबेर कडायतले सम्हाले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ प्रमुखको रुपमा डिआईजी कुबेर कडायतले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा भएका कडायतले आज कार्यभार सम्हालेका हुन् ।

डिआईजी कुबेर कडायत बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै