Comments Add Comment

Advertisment

SKIP THIS

तपश्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा थप दुईवटा जाहेरी

काठमाडौँ । तपश्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा थप दुईवटा जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको हो ।

 

निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको र सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

बारा प्रहरीले सोही जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको छ । बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् ।

काठमाडौंमा पक्राउ परेपछि बमजनलाई बिहीबार सर्लाही अदालतमा पेस गरिएको थियो।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै