Comments Add Comment

Advertisment

SKIP THIS

माल्टा पठाईदिन्छु भन्दै ४३ लाख लिएर फरार भएकी मायादेवीलाई प्रहरीले स्वयम्भूबाट पक्राउ

काठमाडौं– माल्टाको लोभ देखाएर ४३ लाख रुपैयाँ लिएर फरार भएकी युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी ३० वर्षीया मायादेवी राना हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। उनले राम्रो काम र दाम हुने र माल्टा जान ८ लाख लाग्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुबाट ४३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

मासिक डेढ लाख रुपैयाँ आम्दानी हुने प्रलोभन देखाएर माल्टा जाने भन्दै युवायुवतीले मायादेवीलाई रकम बुझाएका थिए। पक्राउ परेका मायादेवीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै