Comments Add Comment

Advertisment

SKIP THIS

धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

धनगढी । धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-४ बसपार्कका ६५ वर्षीय विष्णुबहादुर माझीको घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरको छतबाट लडेर गम्भीर घाइते भएका माझीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

छोराको घरमा बस्दै आएका उनी तीन तला माथिबाट खसेका थिए । माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै