Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर प्रहरीद्वारा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रघुनाथलाई चोरीको आरोपमा पक्राउ

काठमाडौं । चोरी मुद्दामा पटक पटक सजाय भोगिसकेका एक युवक ललितपुरमा पुनः चोरीको अभियोगमै पक्राउ परेका छन्।

दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराबाट पक्राउ गरेको हो ।

उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ। उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ।

भनिमण्‍डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो।

उनले पछिल्लो पटक झम्सिखेलको ठाकुरराज ढकालको घरबाट २७ तोला सुनचाँदीको गहनासहित अन्दाजी ३७ लाख १६ हजार रुपैयाँको धनमाल चोरी गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै झम्सीखेलकै सुप्रिया राईको कोठाबाट सुनका गहनासहित २४ लाख ७६ हजारको सामान चोरेको प्रहरीको भनाइ छ । बस्नेत यसअघि ९ पटक चोरी मुद्दामा र ३ पटक अभद्र व्यवहार मुद्दामा कारबाही भोगिसकेको व्यक्ति हुन्।

विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ। पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो। बस्नेत गत संविधान दिवसमा राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएर छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै