काठमाडौँ- प्रहरीले १४ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौबाट हेटौँडा जादै गरेको ००१ ख १९६४ नं को बसमा सवार ३ जना यात्रुको झोलाबाट प्रहरीले १४ किलो गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा गजुरी-६ का ३२ वर्षीय रबि भण्डारी, १९ वर्षीय प्रेम अधिकारी र १८ वर्षीय प्रमोद अधिकारी रहेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान जारि रहेको बागमति प्रहरी कर्यालयले जनाएको छ ।



