गुण्डा नाइके ‘घैंटे’का सहयोगी सानुभाई फेरि कुटपिटमा संलग्न, ७ जनाविरुद्ध प्रहरीमा उजुरी -
Comments Add Comment

गुण्डा नाइके ‘घैंटे’का सहयोगी सानुभाई फेरि कुटपिटमा संलग्न, ७ जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी सानुभाई उर्फ युवराज गुरुङविरुद्ध प्रहरीमा फेरि उजुरी परेको छ । ठमेलको छायाँ सेन्टरस्थित प्ले ब्वाई क्लवमा झगडा गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

सानुभाईको समूहले प्ले व्वाई क्लबमा अर्को समूहलाई कुटपिट गरेर ज्यान मार्ने उद्योग गरेको आरोप छ । उनीहरुविरुद्ध जाहेरी दर्ता गरेर प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । कुटपिटमा संलग्न विश्व लामालाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षका अनुसार कुटपिटमा ७ जना संलग्न थिए ।

ठमेलको क्लब ओम्नियाका संचालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेर सानुभाइको समूहलाई मुद्धा चलाएको थियो । उनीहरु १० साउनमा १० हजार धरौटीमा छुटेका थिए । छुटेपछि उनीहरु फेरी गुण्डागर्दीमा संलग्न भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै