Comments Add Comment

अख्तियारले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जनालाई घुससहित पक्राउ

काठमाडौं– नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना घुससहित पक्राउ परेका छन्। उनीहरु साढे २ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

यादवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पक्राउ पर्नेहरुमा यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी छन्।

जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए। घुस लिँदै गरेको अवस्थामा नापी परिसरबाटै उनीहरुलाई पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै