काठमाडौ: नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जिल्ला कपिलबस्तु ,कपिलबस्तु नगरपालिका तौलिहवा बालगृहमा रहेका बालबालिकाहरुलाई खाद्यान्न, तथा न्यानो कपडा, फलफुल वितरण कार्यक्रम पश्चात – यसै जिल्लाको कृष्णनगर ,नगरपालिका -१२ श्री आधारभुत निम्न मा.वि.बिद्यालय हृदयनगरको प्राङगरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
अस्पताल सम्म पहुँच नपुगेका विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य परामर्श समेत प्रदान गर्ने उद्धेश्यले उक्त स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो । जिल्ला कपिलबस्तुमा नेपाल प्रहरी श्रीमती संघको आयोजना र भैरहवा मेडिकल कलेजको प्राविधिक सहयोगमा बिशेषज्ञ डाक्टरहरु द्वारा नाक, कान, घाँटी, मुटु, दम, दाँत, स्त्री रोग,ईसिजि,युएसजि,हार्डजोर्नी र थेरापी सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन भएको छ ।
उक्त कार्यक्रममा आ-आफ्नो ठाउँबाट सहयोग गर्नु हुने महानुभावहरुलाई नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर र लुम्बिनी प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष निलम कडायतले सम्मान गर्दै प्रशंसा पत्र समेत प्रदान गर्नु भई उक्त कार्यक्रम सम्पन्न भएको थियो ।