Comments Add Comment

Advertisment

SKIP THIS

नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखापढी कर्मचारीलाई घुस सहित अख्तियारले पक्राउ

काठमाडौं- नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुस सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नापी कार्यालय कलंकीका नापी सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेल छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार सेवाग्राीबाट १ लाख रुपैयाँ घुस सहित पक्राउ गरेको हो। उनीहरुले जग्गाको हालसाविक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।

जुम्ला जिल्ला घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने ३८ वर्षीय सर्भेक्षक चौलागाईंलाई कलंकीस्थित नापी कार्यालयबाटै पक्राउ गरिएको थियो। उनको साथबाट ४५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ।

यस्तै उदयपुर रुपाटा घर भई काठमाडौंको पुरानो नैकाप बस्ने लेखापढी कर्मचारी पोखरेलको साथबाट ५ हजार रुपैयाँ बरामद भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै