जापान पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने मकवानपुरका अधिकारीलाई प्रहरीले पक्राउ -
Comments Add Comment

जापान पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने मकवानपुरका अधिकारीलाई प्रहरीले पक्राउ

काठमाडौं: वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने मकवानपुर निबुवाटार–४ घर भई ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ३७ वर्षीया पुरुषोत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।उनले रीता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति आठ लाख लाग्ने र जापानमा मासिक दुई लाख ५० हजार तलब हुने आश्वासन दिँदै ठगी गरेका थिए ।

पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । सोही आधारमा पीडितहरूले उनलाई खोजी गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

विभागको आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजबिन गर्दा उनलाई आइतबार काठमाडौं महानगरपालिका–३१, बिजुली बजारबाट पक्राउ गरिएको हो । कार्यालयका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै